दफा २३
अक्षय कोषको व्यवस्था
(१) बोर्डले आफ्नो आयस्रोतको व्यवस्था गर्न एउटा अक्षय कोषको स्थापना गर्न सक्नेछ र सो कोषमा प्रत्येक वर्ष बोर्डले तोके बमोजिमको रकम जम्मा गरिनेछ । (२) अक्षय कोषमा रहेको रकम नेपाल सरकारले जारी गरेको धितोपत्रमा वा बोर्डले तोके बमोजिम आवधिक खाता खोली राख्न सकिनेछ । (३) सामान्यतः अक्षय कोषको रकमबाट आर्जित आय बाहेक सो कोषमा रहेको रकम खर्च गर्न पाइने छैन । (४) अक्षय कोष सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।